Logo

अर्थ

होन्डा कारमा नि:शुल्क एयरब्याग परिवर्तन गर्न ग्राहकलाई आग्रह



काठमाडौं । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।

कम्पनीले सन् २००१ देखि २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागपरिवर्तन गर्नुपर्ने भएको कम्पनीले जनाएको छ ।

ती मोडलमा एयरब्याग परिवर्तन गर्नुपर्ने भएका कारण कारहरूलाई सम्पर्क राख्न आग्रह गरेको कम्पनीले बताएको छ ।

उक्त मोडलका कारमा एयरब्याग निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ११:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।