Logo

अर्थ

एक जार पानीको अधिकतम मूल्य ४७ र बोत्तलको १६ रुपैयाँ, बढी लिए कारबाही हुने



काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

२० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ र १ लिटर बोटलको पानीको मूल्य १६ रूपैयाँ राखिएको उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विभागले जनाएको छ ।

विभागका अनुसार निर्धारण गरेको प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई कारबाही गरिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १३:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।