काठमाडौं । हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ ।
बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले जानकारी दिए ।
हाल २९ वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् । हिमालयन मर्चेन्ट बैंकर थपिएसँगै ३० वटा हुनेछन् । सञ्चालनमा आएका मर्चेन्ट बैंकहरूले बर्सेनि बोर्डबाट अनुमतिपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ ।
मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक कार्यहरू गर्छन् ।




















प्रतिक्रिया