Logo

कोशी प्रदेश

पर्यटनमन्त्री योगेश भट्टराईद्वारा सुकेटार विमानस्थलकाे भ्रमण, सरकारले दिएकाे जिम्मेवारी पूरा सरोकारवालाहरुलाई गर्न निर्देशन



बिश्वमा अग्ल्ला हिमाहरुमध्ये कञ्चनजङ्घा हिमाल तेस्रो ठुलोमा पर्दछ । सो हिमालको प्रवेशद्वारमा रहेको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलको स्तरवृद्धि गरिने काम बारे नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवलोकन गरेका छन् । 
शुक्रबार बिहान आफ्नो गृह जिल्ला ताप्लेजुङ आएका पर्यटन मन्त्री भट्टराईले विमानस्थलको स्तरवृद्धि गरिने काम समयअघि नै सक्न निर्देशन दिएका छन् । स्तरउनन्ती प्छि  हेलिकप्टर र हवाई जहाज गरी दैनिक चार–पाँच उडान हुनेसमेत उनले बताए । 

पर्यटनमन्त्रीसँगै आएका नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजन पोख्रेलले पनि विमानस्थलको निरीक्षण गरेका छन् । देशका हिमाली तथा पहाडी जिल्लाका ३३ वटा विमानस्थलमा स्तरवृद्धि गर्ने काम भइरहेको पोख्रेलले बताए । विभिन्न प्रदेशका राजधानीबाट सबै जिल्लामा हवाई जहाज सञ्चलान गरी नागरिकलाई सुविधा दिने योजना रहेको पनि निर्देशक पोख्रेलले थपे ।  

सुकेटर विमास्थलको स्तरवृद्धि गर्ने काम भइरहेको र अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न भएको सुकेटर विमास्थल प्राधिकरण शाखा कार्यालयका प्रमुख सूर्य खत्रिले जानकारी दिए । अहिलेसम्ममा टर्मिनल भवन रङ्गरोगन गर्ने, विमानस्थलको मुख्य गेटदेखि सहायक गेटसम्मको बाटो ढलान गर्ने, नाली बनाउने काम सम्पन भएको विमानस्थल प्रमुख खत्रीले बताए । 

उनले विमानस्थलको पूर्वपटिको डाँडो काट्ने काम भइरहेको र अहिले रहेको धावन मार्गलाई ७ सयबाट बढाएर आठ सय ५० मिटर बनाउने काम भइरहेको बताए । चैतसम्ममा सबै काम सक्ने पनि प्रमुख खत्रीले बताएका छन् । 

पर्यटकीय क्षेत्र भए पनि सुकेटर विमानस्थलमा १२ महिनामा ६ महिना अर्थात् पर्यटकीय सिजनमा मात्र जहाज सञ्चालन हुँदा पर्यटकको आगमनमा कम  आएको छ । बिमानस्थलको  स्तरवृद्धि भएसँगै ताप्लेजुङका पर्यटकीय तथा धार्मिक स्थल पाथीभरा माई , कञ्चजङ्घा हिमाल र फुङफुङे भरनालगायतमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।  

सरकारले विमानस्थललाई दिएको जिम्मेवारी पुरा गर्न निर्देशन

सात दिने भ्रमणका लागि शुक्रबार ताप्लेजुङ आइपुगेका मन्त्री भट्टराईले कामकाज गर्दा सरकारले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । सरकारले दिएको जिम्मेवारीबाट पन्छिएर नागरिकलाई दुःख दिने काम नगर्नसमेत उनले निर्देशन दिए । 

जिल्ला सदरमुकाममा कारोना सङ्क्रमितका लागि कम्तीमा ५० बेडको आइसोलेसन वार्ड बनाउनसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् । साथै गाउँपालिकामा कम्तीमा पनि पाँच जनासम्मको आइसोलेसन वार्ड हुनुपर्नेमा पनि उनले जोड दिए । 
 
सांसद विकास कोषबाट छुट्याइएको रकमले विकास निर्माणका काम समयमा सक्नसमेत मन्त्री भट्टराईले निर्देशन दिए । उनले सबै कर्मचारीहरुले इमानदारिताका साथ काम गर्नुपर्ने बताए ।  

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ४ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।