Logo

अर्थ

 विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार अन्तरिम आदेश जारी गर्दै दुई सदस्यको माग बमोजिम अन्तरिम आदेश जारी भएको हो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले ऊर्जामन्त्री दीपक खड्काको सो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

साउन १८ मा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको थियो ।

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।

साउन १८ मा उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय भएको हो । स्पष्टिकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने मन्त्री दीपक खड्काले निर्णय लिएका थिए ।

साउन १८ मा ऊर्जामन्त्री दीपक खड्काले सञ्चालक सदस्यमा पूर्व सचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्र बहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

सरकारले सञ्चालक समितिबाट आचार्य र पुनलाई हटाएपछि २० साउनमा सञ्चालक समितिमा दुई पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १०:५१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।