काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया