Logo

अर्थ

१५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे  छ ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ११:०९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।