Logo

अर्थ

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डले प्रतिफल वितरण गर्ने



काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्ड योजनाले प्रतिफल वितरण गर्ने भएको छ ।

क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १२:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।