Logo

अर्थ

एनआरएन इन्फ्रास्ट्रक्चरकाे नाफा बढ्याे, प्रतिसेयर आम्दानीमा पनि सुधार



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको नाफामा उच्च वृद्धि देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आव २०७९/८० को तुलनामा ५.७ गुणा बढेको हो । कम्पनीले गत आवमा ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आवको यसै अवधिमा १ करोड १७ लाख कमाएको थियो । बिजनेस र आम्दानी बढेर कम्पनीको नाफा बढेको होइन । कम्पनीको मुख्य बिजनेसवापतको कुल आम्दानी ३२ प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । दोस्रो बजारमा उल्लेख्य कारोबार हुने गरेको यस कम्पनीको मूल्य प्रतिकित्ता ९९९ रुपैयाँ ६० पैसा छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १०:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।