Logo

अर्थ

विश्वमै लोकप्रिय बन्दै आयोन, चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि



काठमाडाैं । विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये जीएसी ग्रुप चीनको उत्कृष्ट दोस्रो इभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो इभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ ।

यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा जीएसी ग्रुपको सवारी साधनहरूमा हुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउँछ ।

नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा जीएसी ग्रुपको आयोन वाई सबैको लोकप्रिय भइरहेको कम्पनीले जनाएकाे छ ।

चार महिना अघि मात्र नेपालमा भित्र्त्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको कम्पनीले जनाएकाे छ । यो सवारी साधनले प्रभावशाली रेन्ज, छिटो चार्ज गर्ने क्षमता र स्मार्ट फिचरस रहेकाे कम्पनीकाे दाबी छ ।

नेपालमा आयोन वाईको सफलता त सुरुवात मात्र हो । जीएसी ग्रुपले आगमी दिनमा लेटेस्ट मोडेलहरु मर्केट्मा ल्याउने लक्ष्य बोकेको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ११:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।