Logo

प्रमुख समाचार

पार्टी बैठकमा स्वास्थ्यमन्त्री पौडेलले भने : विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिँदैन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् ।

‘प्रिमियम जम्मा भएन । सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ,’ पौडेलले भने, ‘९ अर्ब सरकारले तिर्न बाँकी छ। यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन।’

स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु पौडेलले बैठकमा पेश गरेका थिए । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग पौडेलले अपेक्षा गरे । नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध गरे ।

प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार  ५ : ०५ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।