Logo

अर्थ

मन्दाकिनी हाइड्रोपावरले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमायाे



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिलो वर्षको भन्दा २४.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले २ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ९ करोड ७८ लाखबाट बढेर १० करोड ७५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च पनि ३ करोड १८ लाखबाट घटेर २ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

हाल यसको चुक्ता पुँजी ६१ करोड ५९ लाख रुपैयाँ रहेको छ भने अदर इक्विटीमा ३ करोड ८९ लाख रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ ११६.१५ रुपैयाँ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १२:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।