Logo

अर्थ

नोक्सानीसँगै मोदी इनर्जीको प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । मोदी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी ४६ करोड ४७ लाख रुपैयाँ घाटामा थियो । खुद नोक्सानी अघिल्लो वर्षको भन्दा कम भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी ३६ करोड १७ लाखबाट बढेर ४१ करोड ६० लाख पुगेको छ ।

यता, वित्तीय खर्च पनि ४८ करोड ९५ लाखबाट घटेर ४० करोड ४६ लाख रुपैयाँ कायम भएको छ । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मोदीको जगेडा कोष १ अर्ब ३ करोड ऋणात्मक छ ।

यसको प्रतिसेयर आम्दानी १०.६९ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ६४.४५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १३:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।