काठमाडौं । बुधबार सेयर बजारको बढेकाे छ । आज परिसूचक नेप्से ३४.२९ अंक बढेर २९५७ अंकमा कायम भएको छ ।
आज २३ अर्ब ४३ करोडको भएकाे छ ।
आज १५६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । आज ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये आज १० समूहको परिसूचक बढेको छ भने ३ समूहको परिसूचक घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभत फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
हिमालयन रि रिइन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएकाे छ ।




















प्रतिक्रिया