Logo

अर्थ

मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यो कम्पनीले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३९ करोड २५ लाख ४७ हजार रहेको सञ्चालन आम्दानी बढेर ६६ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको मुक्तिनाथको अन्य इक्विटी ३ करोड ७१ लाख ऋणात्मक छ । यसको खर्च १३ करोड ६९ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.९९ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ९४.६९ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १७:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।