काठमाडाैं । कालिञ्चोक दर्शनले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीकाे नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आवमा २ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी ८१ करोड ५१ लाख छ । अघिल्लो आवमा भने कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ६३ लाख थियो ।
कम्पनीको वित्तीय लागत भने २१ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा वित्तीय लागत १ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष १ करोड ८३ लाख छ । कम्पनीको वित्तीय खर्च २१.७३ प्रतिशतले बढेको छ।
कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ४.४७ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी ५९ करोड ६३ लाख रुपैयाँ छ ।




















प्रतिक्रिया