Logo

अर्थ

माउन्टेन इनर्जीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घट्याे



काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरणअनुसार कम्पनीकाे नाफा ४५ प्रतिशतले घटेको छ ।

कम्पनीको खुद नाफा २० करोड ३६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा ३७ करोड ५२ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब १८ करोड रहेकोमा गत आर्थिक वर्षमा ९७ करोड ६२ लाख रुपैयाँ मात्रै रहेकाे छ ।

ब्याज घट्दा वित्तीय लागत घटेको छ । यस्तो लागत अघिल्लो आवमा २९ करोड ५६ लाख रहेकोमा गत आवमा २६ करोड ८८ लाख रुपैयाँ छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी ८ रुपैयाँ ९९ पैसामा झरेको छ । अघिल्लो वर्ष १९ रुपैयाँ ७ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७८६ रुपैयाँ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १०:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।