काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ९ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलाको १ लाख ४९ हजार ६ सयमा कारोबार भएको छ । बिहिबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया