काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनकाे मूल्य तोलाकाे १ लाख ५२ हजार ६ सयमा कारोबार भएको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया