Logo

अर्थ

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो ।

यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १०:५९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।