Logo

अर्थ

सोलुखुम्बुको थामेमा टेलिफोन र इन्टरनेट सेवा सुचारु



काठमाडौं । सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा स्थापित भएको छ ।

आइतबार राति नेपाल टेलिकमले नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्सेलगायत क्षेत्रका बीटीएस टावर सुचारु भएर मोबाइल सेवा स्थापित भइसकेको जनाएको छ ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको थियो ।

विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएका थिए । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १२:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।