काठमाडौं । सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।
मन्त्रालयले पूर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।





















प्रतिक्रिया