काठमाडौं । विश्वभरका देशहरुको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार नाघेको छ ।
वर्ल्ड फेडरेसन अफ एक्सचेन्जकाअनुसार स्टक एक्सचेन्जहरुमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार ५९७ पुगेको छ । यो संख्या यस संघमा आवद्ध भएका एक्सचेन्जहरुको हो ।
त्यसैगरी, ती कम्पनीहरुको बजार पुँजीकरण भने १०१.५२ ट्रिलियन अर्थात, १ हजार १० खर्ब ५२ अर्ब डलर पुगेको छ । वर्ल्ड फेडेरेसन अफ एक्सचेन्ज विश्व भरका स्टक एक्सचेन्जहरुको संघ हो । यो संस्था सन् १९६१ मा स्थापना भएको हो ।





















प्रतिक्रिया