Logo

अर्थ

स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार नाघ्यो



काठमाडौं । विश्वभरका देशहरुको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार नाघेको छ ।

वर्ल्ड फेडरेसन अफ एक्सचेन्जकाअनुसार स्टक एक्सचेन्जहरुमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार ५९७ पुगेको छ । यो संख्या यस संघमा आवद्ध भएका एक्सचेन्जहरुको हो ।

त्यसैगरी, ती कम्पनीहरुको बजार पुँजीकरण भने १०१.५२ ट्रिलियन अर्थात, १ हजार १० खर्ब ५२ अर्ब डलर पुगेको छ । वर्ल्ड फेडेरेसन अफ एक्सचेन्ज विश्व भरका स्टक एक्सचेन्जहरुको संघ हो । यो संस्था सन् १९६१ मा स्थापना भएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १५:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।