Logo

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण



सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशंकामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् ।

उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।”

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ११ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।