Logo

अर्थ

नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड गर्न मिल्ने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रूपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास बैंकले गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।