Logo

जनप्रतिनिधि

स्थानीय तह स्वमूल्याङ्कनमा ललितपुर महानगरपालिका अब्बल, काठमाडौँ पाँचौ स्थानमा

स्थानीय तह स्वमूल्याङ्कनमा वीरगन्जको हालत खराब



काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा महानगरपालिका तर्फमा ललितपुर महानगरपालिका अब्बल सावित भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिकाले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल सावित गरेको हो ।

त्यसपछि भारतपुर महानगरपालिकाले ८३.८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२.५० अंक प्राप्त गरेको छ । यस्तै पोखरा महामगरपालिकाले ८०.७५ अंक प्राप्त गर्दा काठमाडौँ महानगरपालिका ७७.५० अंकसहित पाँचौ स्थानमा रहेको छ ।

यस्तै वीरगन्ज महानगरपालिका स्वमूल्यांकनमा कमजोर देखिएको छ । वीरगन्जले ५९.५० अंक मात्रै पाएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको छ भने नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ ।

नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।

गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलो पटक हो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १३:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।