काठमाडाैं । दुई विभागमा महानिर्देशक परिवर्तन भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा बिहिबार महानिर्देशकहरु नियुक्त भएका हुन् ।
यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक सहसचिव चक्रबहादुर बुढाको सरुवा भैसकेको छ भने सम्पति शुद्धिकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको पनि राष्ट्रिय सूचना आयोगमा सरुवा भैसकेको छ ।
सम्पति विभागको डीजी सुमन दाहाल यसअघि भन्सार विभागको सफल नेतृत्व गरिसकेका छन् ।
यस्तै राजस्व अनुसन्धान विभागका महानिर्देशक जिम्मेवारी पाएका सहसचिव घिमिरे अर्थ मन्त्रालयकै राजस्व समुहका कर्मचारी हुन् ।




















प्रतिक्रिया