Logo

अर्थ

सेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोडकाे कारोबार



काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४ अंकमा झरेको छ ।

आज कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मन्दकिनी हाइड्रोपारका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १५:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।