Logo

अर्थ

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘के ल्याब’ मा २५ प्रतिशतसम्म छुट



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई क्राउन ल्याबोरेटोरी एन्ड रिफर्रल सेन्टर (के ल्याब) ले उपलब्ध गर्ने सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र के ल्याबबीच छुट प्रदान गर्ने विषयमा समझदारी भएको छ ।

समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र ‘के ल्याब’ का प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरे ।

समझदारीअनुसार बैंकको ग्राहकले नक्सालमा रहेको ‘के ल्याब’ र बौद्धमा रहेको ल्याबसम्बन्धी सेवामा सो छुट पाउने बैंकले जनाएको छ ।

डेबिट तथा क्रेडिट कार्ड बाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘के ल्याब’ ले उपलब्ध गराउने सेवामा २५ प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १०:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।