काठमाडौं । जिहोले हालै नेपाली बजारमा आफ्नो विद्युतीय एई ४ स्कुटर सार्वजनिक गरेको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध जिहोको एई ४ स्कुटरमा ३.० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ ।
उक्त स्कुटरले ६५ किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीको दाबी छ । एई ४ स्कुटरमा एबीएस ब्रेक सिस्टम, ईटीसीएसले बिग्रेको सडकमा पनि राम्रो नियन्त्रण दिने, कोलिसन वार्निङ सिस्टम, स्लोप होल्ड, डिजिटल चाबी, पासवर्ड र मेकानिकल चाबी जस्ता सुरक्षा विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
स्कुटरमा सुरक्षा र नवीनतम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ ।
स्कुटरको उन्नत एनएफसी कि लेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड र मेकानिकलकी जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। स्कुटरमा न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी छन् । यसमा ७४ भी २७ एएच एटीएल लिथियम ब्याट्री छ । जसले ९० किमि वा १७० किमिको विकल्पहरू दिन्छ ।




















प्रतिक्रिया