काठमाडाैं । गोरक्ष हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डासहित दुई आवको साधारणसभा एकैपटक बाेलाएको छ ।
कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ को साधारणसभा एकैपटक बाेलाएकाे हो ।
साधारणसभा आगामी असोज ३ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ ।
उक्त सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गरी १ अर्ब ५० करोड पुऱ्याउने कम्पनीको तत्काल जारी पूँजी वृद्धि गरि १ अर्ब ३० करोड पुर्याउने, कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पुँजीको १० प्रतिशतका दरले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने सेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) मार्फत जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
त्यस्तै आव ०७९/८० र ०८०/८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने एजेण्डा रहेको छ ।




















प्रतिक्रिया