काठमाडौं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।
सो लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम इकाइधनीलाई प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।
त्यस्तै अर्को योजना कुमारी इक्वीटी फण्डले पनि इकाईधनीलाई ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस योजना अन्तर्गत इकाईधनीले ९ करोड ५० लाख रुपैयाँ पाउने छन् ।
त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । भदौ १० गतेसम्म कायम इकाइधनीले यो लाभांश पाउने छन् । म्युचुअल फण्डले प्रदान गर्ने नगद लाभांश इकाइधनीले सिधै बैंक खातामा पाउने क्यापिटलले जनाएको छ ।




















प्रतिक्रिया