काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२ अंकमा कायम भएको छ ।
यसदिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रहेकाे छ । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेका छन् ।




















प्रतिक्रिया