काठमाडौँ । सम्पदा लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ १२ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर-१ डुम्रे, तनहुँमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया