काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको चाडपर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छूट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।
तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।
साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छूट समेत प्राप्त गर्नसक्ने छन् । त्यस्तै कम्पनीले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा एक प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ ।
यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत पाइने छ । कम्पनीले उल्लेखित छूट योजना भदौ ३१ ग्तेसम्म लागू हुने पनि बताएको छ ।
कम्पनीले देशका सात वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया