काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको सिफारिसमा उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशक भएकी थिइन् ।
प्रतिक्रिया