Logo

टिप्पणी

ठूला दल मिल्दा पनि सत्ताको आयु बारे चर्चा उत्तिकै !



नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा नेपाली कांग्रेस सहितको सरकार बनिसकेपछि सरकारले पूर्णता नपाउँदै यो सरकारको आयु कति हो भन्ने बहस आरम्भ भइसकेको थियो ।

यो सरकार गठन भएको १०० दिन पूरा भएको छैन तर फेरि पनि यो सरकारको आयु कति हो भनेर विभिन्न प्रकारका छलफल र बहसहरु भइरहेका छन् । कतिपयले नेपाली कांग्रेस र नेकपा एमाले बीचको यो समीकरणलाई अनौठो मानिरहेका थिए भने कतिपयले यो समीकरण सम्भव छैन भनिरहेका थिए ।

तर, पनि यी दुई राजनीतिक दल मिलेर सरकार बनाएका छन् तर पनि नेपाली कांग्रेस र वैचारिक रुपमा ठूलो सरकार कति लामो जान्छ भन्ने प्रश्न उब्जनु स्वभाविक पनि हो ।

कतिपयले नेपाली कांग्रेसभित्र महामन्त्री द्वय विश्व प्रकाश शर्मा र गगन थापाको फरक प्रकारको प्रस्ताव र नेतृत्व गर्ने शैलीका कारण नेपाली कांग्रेसमा भविष्यमा संकट आउन सक्ने र त्यो संकटको परिणाम वर्तमान सरकारले भोग्नुपर्ने भनिएको छ यद्यपि भुइँचालो जाने गरी काम गर्ने साहस राख्ने नेताहरुको सङ्या नभएकाले यस विषयमा त्यति विश्वास नगर्नेहरु पनि छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यी सबै पक्षलाई मिलाएर अगाडि लैजाने र यो सरकारलाई सकभर स्थिर बनाउने प्रयास गरिरहेको भए पनि आफ्नै पार्टीभित्रको अन्तरसंघर्षका कारण भविष्यमा के हुन्छ भन्ने बारेमा अन्योल छ ।

उता नेकपा एमालेभित्र पनि यस किसिमको छलफल र बहस नभएको होइन । यस पार्टीभित्र पनि नेपाली कांग्रेससँग मिलेर जानुभन्दा वामपन्थी एकता गरेर जानुपर्छ भन्नेहरु पनि छन् यी दुई प्रकारका छलफल र बहसका कारण यो सरकार कति लामो समयसम्म जान्छ भन्ने बारेमा अहिले नै अनुमान गर्न सकिँदैन । तर, यो सरकारले आफ्नो पूर्ण अवधिसम्म सरकार संचालन गर्न सक्छ भन्ने विषयमा भने यसको पूर्ण आधार छैन ।

किनकि राष्ट्रिय परिवेशदेखि लिएर यो सरकारले गर्ने कामका आधारमा भविष्यमा अन्य राजनीतिक दलले पनि फरक प्रकारको समीकरण नबनाउलान् भनेर भन्न सकिन्छ कतिपयको भनाइमा फेरि पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा समीकरण हुन सक्छ भन्ने गोलमेचमा समाचार उल्लेख छ ।

तर, यो तत्कालका लागि सम्भव नभए पनि राजनीतिमा असम्भव भन्ने छैन र नेकपा माओवादीभित्र यस बारेमा छलफल र बहस नभएको होला तर भविष्यमा यस विषयमा छलफल र बहस नहोला भनेर पनि भन्न सकिन्न किनकि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा तालमेल नहोला भनेर भन्न सकिने अवस्था छैन ।

जे होस् राजनीतिक रुपमा जस–जसको नेतृत्वमा सरकार बने पनि नेपालमा सरकार बन्ने बित्तिकै फेरि पनि अर्को सरकार बन्न सक्छ वा यो सरकारले आफ्नो पूर्ण अवधि काम गर्न सक्दैन भन्ने चर्चा भइरहन्छ राजनीतिक स्थिरता विकास र समृद्धि देश र जनताको चाहना भए पनि राजनीतिक नेतृत्वले यो अपेक्षालाई सम्बोधन गर्न सकेको छैन ।

यसका पछाडि विभिन्न कारण हुन सक्छन् ती कारणहरुलाई खोजेर राजनीतिक नेतृत्वले सम्बोधन गर्न आवश्यक छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार ०९:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।