काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी असोज २३ गते आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सोही सभाले हकप्रद सेयर संशोधन गरी बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।




















प्रतिक्रिया