Logo

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार



आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ को विन्दुमा बन्द भएको छ ।

आज ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावरका लगानीकर्ताले १०.६० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ६.२६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्राइम डिबेञ्चर २०८८ का इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २.९६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।