Logo

अर्थ

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औँ वार्षिकोत्सव मनायाे



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७औँ वार्षिकोत्सवको अवसर पारेर दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । ७औँ वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।

यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको छ ।

‘सनलाइफ मेडिकेयर’ आपत्कालीन अवस्थामा औषधि उपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यस प्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको जानकारी गराउँदछौ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपत्कालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १०:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।