Logo

अर्थ

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित



कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १२:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।