Logo

अर्थ

सन नेपाल लाइफको शाखा कार्यालय स्थानान्तरण



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रम माझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका–६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल भएका थिए ।

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिँदै जाने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १२:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।