Logo

अर्थ

एभरेष्ट बैंकले दशैंअघि सेयरधनीको खातामा लाभांश जम्मा गरिदिने 



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दशैं खर्चको लागि नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । बैंकले आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीको खातामा लाभांश जम्मा गर्न थालेको हो ।

साधारणसभालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सुदेश खालिङले भने-‘नगद लाभांश आजदेखि नै सेयरधनीको खातामा हाल्नेछौं,  बोनस सेयर दशैंको छुट्टि सकिए लगत्तै सेयरधनीको खातामा हाल्ने छौं ।’

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १६:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।