Logo

अर्थ

अब सातै प्रदेशमा स्ट्याण्डर्ड चार्टर्ड बैंक



काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले दुई वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली गरी दुई वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको हाे ।

बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा दुवै शाखा कार्यालयहरूको समुद्घाटन गरेका हुन् ।

सुर्खेत शाखाको १९ गते उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह समेत उपस्थित भएका थिए ।

दुबै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गरेका हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले राखेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १२:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।