Logo

अर्थ

आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।

आशाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

लाभांश सम्बन्धी प्रस्ताव पठाइएकोमा राष्ट्र बैंकले असोज २१ गते स्वीकृति दिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार ११:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।