काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया