काठमाडौं । दशैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगम (नेवानि)को न्यारोबडी जहाजको टिकट उडान सुरु नभई सबै बिक्री भएको छ । निगमले दशैंको यात्रु चापलाई मध्यनजर गर्दै भैरहवाका लागि पठाउन लागेको जहाजका सबै टिकट एक दिनअघि नै बिक्री भइसकेका नेवानिले जनाएको छ ।
१५८ वटा यात्रुसिट क्षमता भएको जहाज प्याक भइसकेको निगमले जनाएको छ । माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरु बताउँछन् । जहाजमा एकतर्फी उडानको मूल्य ३,८९० रुपैयाँ तोकिएको छ भने ३० किलोसम्मको लगेजलाई निःशुल्क गरेको छ ।
माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ ।




















प्रतिक्रिया