Logo

अर्थ

२७ अंकले घट्याे सेयर बजार



काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेकाे छ । आज नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३ को विन्दुमा कायम भएको छ ।

आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ को मूल्य घटेको छ । आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।  यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १५:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।