Logo

अर्थ

उच्च रेकर्डबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुनको मूल्य ७०० रुपैयाँ  घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:१९   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।